परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज भारत प्रस्थान

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज भारत प्रस्थान गरेकी छिन् । भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा भारतको औपचारिक भ्रमणका लागि मन्त्री डा. राणा आज बिहान ११:३० बजे भिस्तारा एयरलाइन्सको नियमित उडानबाट नयाँदिल्ली प्रस्थान गरेकी हुन् । उनी परराष्ट्रमन्त्री नियुक्त भएपछिको यो पहिलो विदेश भ्रमण हो । 

भ्रमणका क्रममा उनको भारतीय समकक्षी विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता हुने कार्यक्रम तय भएको छ । दुई देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा छलफल हुने परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिए। 

मन्त्री डा. राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रसचिव सेवा लम्साललगायतका परराष्ट्रका वरिष्ठ अधिकारीहरूले बिदाइ गरे । मन्त्री डा. राणाको भ्रमण दलमा परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखा प्रमुख सहसचिव भृगु ढुंगानालगायत सहभागी छन् । 

admin

Recent Posts

अनुया तामाङले जितिन् ‘द भ्वाइस किड्स सिजन ३’ को उपाधि

गायन रियालिटी सो ‘द भ्वाइस किड्स सिजन ३’ को उपाधि अनुया तामाङले जितेकी छिन्। शनिबार…

2 years ago

‘लाज शरणम्’बाट फिल्ममा डेब्यु गर्दै ‘सक्किगो नि’की मुन्नी

‘सक्किगो नि’ टिभी सिरियलकी चर्चित कलाकार मुन्नी दर्शकमाझ लोकप्रिय छिन् । खास नाम प्रियना आचार्य…

2 years ago

जनतामा जाने कार्यक्रमको तयारी हुँदैछ : अध्यक्ष प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सुदृढ र एकताबद्ध गर्दै जनतामा जाने अभियानको…

2 years ago

१३७ प्रजातिका पंक्षीहरू पाइने ढोरपाटन पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै

पूर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षमा आन्तरिक पर्यटक आगमन दोब्बरले बढेको छ।…

2 years ago