साफ यु–२०ः पहिलो खेलमा नेपाल पाहुना टोली श्रीलङ्कासँग भिड्दै

साफ यु–२० च्याम्पियनसिपमा आज नेपाल र श्रीलङ्काबीच प्रतिष्पर्धा हुँदैछ।

समूह ‘ए’ मा रहेका नेपाल र श्रीलङ्काबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ।

नेपालले यु–२० पुरुष टोली घरेलु मैदानमा हुने साफ यु–२० च्याम्पियनसिपको उपाधि घरमा राख्ने लक्ष्य लिँदै तयारी गरेको छ। घरेलु मैदानमा हुने च्याम्पियनसिपका लागि नेपाली टोलीले गत असारको अन्तिम सातादेखि तयारी गरेको हो।

यसबीच युवा टोलीले पर्याप्त तयारी गर्ने अवसर पनि पाएका छन्। उर्जन श्रेष्ठको प्रशिक्षणमा रहेको नेपाली टोलीले सातदोबाटो टर्फ र प्राकृतिक घाँसे मैदानमा तयारी गरेको छ।

तयारीका क्रममा नेपालले ‘ए’ डिभिजन टोली चर्च ब्वाइज र त्रिभुवन आर्मीसँग मैत्रीपूर्णको तयारी पनि गर्ने अवसर पाएको थियो। त्यसैले नेपाली टोली घरेलु मैदानमा दाबेदारका रूपमा प्रस्तुत हुनेछ। पहिलो खेल जित्दै नेपाल आफूलाई दाबेदारको रूपमा उभ्याउन चाहन्छ।

admin

Recent Posts

अनुया तामाङले जितिन् ‘द भ्वाइस किड्स सिजन ३’ को उपाधि

गायन रियालिटी सो ‘द भ्वाइस किड्स सिजन ३’ को उपाधि अनुया तामाङले जितेकी छिन्। शनिबार…

2 years ago

‘लाज शरणम्’बाट फिल्ममा डेब्यु गर्दै ‘सक्किगो नि’की मुन्नी

‘सक्किगो नि’ टिभी सिरियलकी चर्चित कलाकार मुन्नी दर्शकमाझ लोकप्रिय छिन् । खास नाम प्रियना आचार्य…

2 years ago

जनतामा जाने कार्यक्रमको तयारी हुँदैछ : अध्यक्ष प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सुदृढ र एकताबद्ध गर्दै जनतामा जाने अभियानको…

2 years ago

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज भारत प्रस्थान

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज भारत प्रस्थान गरेकी छिन् । भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा…

2 years ago